साहित्य संसार
 

     

     


 

 



                              निबन्ध


 

जीबन के हो?


            बिगतलाई फर्केर हेर्दा मैले जीबानका प्रतेक घडीहरु कहिले आफन्को नाममा, कहिले आमाको नाममा कहिले दाजूको नाममा, कहिले बहीनीको नाममा त कहीले ऊसैको नाममा बिताएको छू। आफ्नो जीबनलाई फूल झै स्याहार्ने मेरो धोको आफन्तको मायामा भागबन्डा लागेछ। होस समाले देखीनै मैले मेरो स्वर सन्तूस्टिलाइ खोज्न थालेको हूँ तैपनी मैले जीबनको यो मोडमा आऎर आफैलाइ चिन्न नसकदा, बूझन नसक्दा र सन्तूस्टिको मूहान खोज्न नसक्दा म बाटो बिराएको बटूवा जस्तरी अल्मलिएको छू भनौ वा कूनै लक्ष बिनाको यात्रा गरिराखेको छू। आफन्तरूपी प्रकासमा मैले जीबनको अर्थ, सारतत्व र तृप्ति बुझन र पाउन सकिन्छकी भनेर मैले सबै आफन्तको ढोका ढूकढुकायँ तर मेरा प्रस्नहरु प्रत्यूत्तर भऐर फर्केका छैनन्।

            मैले जिबनमा कहिल्यपनी महान बन्ने महत्वकांक्षा राखीन र दूस्ट पनी बन्न खोजिन। सधैनै सबैलाइ सक्दो सहयोग गर्दै आएको थियँ। तैपनी मेरो यो टूक्कृत आत्ममा एउटा चाहना थियो एउटा कामना थियो जस्लाइ म मायाँ र सन्तूस्टि बाट भर्न चाहनथे। मैले जिबनभर आफनतका आँखामा खोजे संगीतको सूरिलो भाकामा खोजे अझै भननेहो भने समग्रमा मायाँ र स्नेहमा खोजे तर म कहिँ को पनि थीइन। तेसैले जिबन बाच्नुको उदेस्य के हो भनेर खोजेँ आफैमा तर मइले कहिले पनी उत्तर पाउन सकिन। मेरो मस्तिस्क मौन थीयो, मनले कूनै जबाफ दिन नसकी भाबनाको आँसू खसालेर एकान्तमा धूरुधूरू रोहीरहेको थीयो।

           कहिले बागमा फूलिरहेको फूलको थूङ्गामा, कहिले ओछ्यानमा, कहिले बालुवामा त कहिले ममतामहि आमाको न्यानो ममता र बात्सल्यमा मैले आफैलाइ खोजें जहाँ मेरो भौतिक शरिर त थीयो तर आत्मा थीयन समष्तिगत रूपमा म हुनुको बोध थीयन सन्तूस्टिको निर्मल उर्लदो छाल थीयन। तैपनि म हतास थिइन, निरास थिइन, किन भने आसाको ऑगनमा भाबनाको बीस्कून सूकाएर म खेतमा काम गरिराखेको थियँ। सोच्थे

             यो जीबनरुपी खेतमा धान रोपेपछि मंसिरमा कसो नपाक्लात तर पनी मेरो जीबनमा आशा गरेको मंसिर आझसम्म पनि आएन। तेसैले म यो सोच्न बाध्य भएकी जन्मनु र मर्नूको दोभानमा सार्थकता पाएको जीबनको अर्थ क हो? जीउनुको सारतत्व के हो ? जीबन प्रधान गरेबापत सिङो जीबन को अर्थ कार्ल्माक्स हो की गोर्बाचोप ? जीबन पाप हो कि पुन्य हो ? जीबन दिन हो कि रात हो ? जीबन रोदन हो की खुशी हो ? त्य्सैले कसले भन्न सक्छ की जीबन धिर र गम्बिर नभयर कर्कलको पानी झै चन्चल छ भनेर| जीबन को चन्चल पनलाई बिर्सियर जीबनलाई जती नै काखी च्यापेपनी जतीनै सुम्सुम्याएए पनि जिबन ले मानीसहरुलाइ पीडा र आसुको दहमा उत्तानो पारेर पछारेकै छ।

              तब म कसरि भनुं की जीबन बिहानि सुर्यको प्रखर झै चम्किलो र बागको फूलहरु झै कोमल छ भनेर के तपाइ भन्न सक्नु हून्छ जीबन के हो? कस्तो छ भनेर? यसमा हामिहरुको परिभासा पनि त मेल नखाला भन्नत भनेका छन महान ब्यक्तित्वका प्रतिक कनडोर सेटले "तीमि आफ्नो जीबन अरुसंग तूलना नगरि मोज गर" तर के प्रतिसप्रधा र ईर्स्या बिनाको खल्लो झिबनको कल्पना पनी सम्भब छ र? म आँफूं केहि बुझने भएपछि जीबनलाइ सधै नै सरल ढंगले बुझने प्रया गर सोझो रुपले ब्यतीत गर्ने जमर्को गरे तर जीबनको परिभषा भित्र आइपुग्दा मैले झिबनमा धेरै हन्टर र दूखसंग ठोकिंदै र मडारिंदै जाँदा मलाइ लाग्योकी की जीबन भनेको संघर्सको प्रयाबाची शब्द हो त? की जीबन भनेको त्याग हो? कतै जीबन मायाँ र हासो बिहिन घृणा मात्र त होइन तेसो भएत जीबन ती ऐतीहासिक महापुरुषहरु हिटलर लगायत नाथूरामको मात्रै हुनु पर्ने त। हैन म यसलाइ प्रतिरोध गर्छू यसको निन्दा गर्छू यसको घोर भर्षणा गर्छू। म भन्छ जीबन खुशी र हाँसोको नाम हो। की जीबन भनेको लउरेल र हार्डि वा चार्लि चाप्लिन मात्रै हो त?

              अझै पनि म मौन छू बिबस छू हे साथिहरु हो तिमिहरु किन भनिदिन्नौ मलाइ जीबन के हो भनेर।



                                                         जीबन के हो

What is life?
 


 

 कथा

 


 


                             कबिता

 

 

 

Machhapuchhre FM Anytime Anywhere's Horoscopes

Select your sign?

 

नेपाली फन्ट डाउनलोड गर्नूहोस।

पृति
कान्ति

कालिमाटि

 



 

नेपाली युनिकोड मा टाईप गर्न यहाँ क्लिक गर्नुहोस्



 

 साहित्य संसार

 



 

Put your AD Here

 



 

Put your AD Here

 



 

Put your AD Here

 



 

 

 



 

 

 



 

 

 

 

 

 

 

 

 

 

 

     
     
     
     

  All Copyright Reserved to Machhapuchhre FM